एजेन्सी । पाकिस्तानमा ठूलो वर्षापछि आएको बाढी र पहिरोका कारण १९० जना भन्दा धेरैको ज्यान गएको छ ।
गएकाे बिहीवार आएकाे भिषण पानी पछीकाे बाढी र पहिरो तथा उद्धारमा खटिएको हेलिकप्टर समेत दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या १९९ जना पुगेको हो ।
सबैभन्दा धेरै क्षति खैबर पख्तुनख्वा प्रान्तमा भएको छ । जहाँ कम्तीमा १८० जनाको ज्यान गएको पछिल्लो विवरण छ ।
त्यस्तै कश्मीरमा ९ जना र गिलगित–बाल्टिस्तान क्षेत्रमा ५ जनाले ज्यान गुमाएका छन् । उद्धार कार्य भइरहेका बेला मौसम खराब हुँदा हेलिकप्टर पनि दुर्घटना भएको छ ।
हेलिकप्टर दुर्घटनामा २ पाइलटसहित ५ जनाले ज्यान गुमाएका त्यहाँको विपद् निकायलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ ।
सरकारले बुनर, बजौर, मानसेहरा, बट्टाग्रामलगायतका जिल्लालाई ‘विपद् प्रभावित क्षेत्र’ घोषणा गरेको छ ।
आज १ दिन राष्ट्रिय शोक घोषणा गरिएको छ । जलवायु परिवर्तनका कारण पाकिस्तानमा चरम मौसम घटना बढेका छन् ।


