गाेरखा । सुनसरीको दुध खाेलाले बगाएका २ जना मध्य १ जनाकाे जिवितै उद्धार गरिएकाे छ । अर्का १ जनाकाे पनि खाेजी सुरु गरिएकाे छ ।
बराहक्षेत्र नगरपालिका–१ मदन भण्डारी लोकमार्गस्थित दुध खोलाले बगाई बेपत्ता भएका मध्य धरान उप महानगरपालिका–१६ भानुचोक बस्ने ४३ वर्षिय जीवन राईकाे शकुसल उद्धार गरिएकाे सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी नायब उपरिक्षक एवं सह-प्रबक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार सुनसरीको चतरातर्फ आउँदै गरेको मोटरसाईकलमा सवार धरान उपमहानगरपालिका–१६ भानुचोक बस्ने १९ वर्षिया अनिता राईलाई भने खोलाले बगार बेपत्ता बनाएको छ ।
जीवितै उद्धार गरीएका राईकाे विपी कोईराला स्वास्थ्य प्रतिष्ठान घोपा सुनसरीमा उपचार जारी छ । बेपत्ता अनिता राईको खोजीकार्य भईरहेको उनले जानकारी दिए ।
घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश चतराबाट खटिएको सुरक्षा फौज र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुको उद्धारको थियाे । उद्धार गरिएका जीवन राईको अवस्था गंभिर रहेको पनि थापाले बताए ।
तस्बिर : सशस्त्र प्रहरी बल नेपाल


