एजेन्सी । भारतको जम्मू कश्मीरको किश्तवाड क्षेत्रमा हिजाे अचानक आएको बाढीमा परी कम्तिमा पनि ४५ जनाले ज्यान गुमाएका छन् ।
आरीघोप्टे वर्षापछिको बाढीमा परी ज्यान गुमाएकामध्ये अहिलेसम्म ३५ जनाको शव अस्पताल पुर्याइएको र जसमध्ये ११ जनाको शव पहिचान भएको बीबीसी हिन्दीले जनाएको छ ।
बाढीमा अहिलेसम्म १०० जना भन्दा बढी घाइते भएका छन् भने ज्यान गुमाउनेको सङ्ख्या पनि बढ्न सक्ने अनुमान गरिएको छ । ७० जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
६०– ६० जनाको ५ समूह बनाएर सुरक्षाकर्मीको टोली राहत तथा उद्धारमा लागिरहेको खबरमा उल्लेख छ ।
हिजो बिहान ११:३० बजे किश्तवाडको चाशोती क्षेत्रमा आरीघोप्टे वर्षापछि अचानक बाढी आएको थियोे ।


