प्रतिकात्मक तस्बिर
पोखरा । पोखराको डाँडानाक क्षेत्रबाट प्रहरीले ठूलो रकम ठगी गरी फरार भएका १ जना युवकलाई पक्राउ गर्न सफल भएको छ ।
पक्राउ पर्नेमा बझाङ जिल्ला, बंगुल नगरपालिका–६ घरभई हाल काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–९ बस्दै आएका २९ बर्षका त्रिलोक सिंह भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले टेकुले जनाएको हो ।
सिंहलाई ईलाका प्रहरी कार्यालय शिशुवा, कास्कीको समन्वयमा साउन २७ गते मंगलबार पोखरा महानगरपालिका–२७ को डाँडानाकबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले टेकुले जनाएको छ ।
पक्राउ परेका सिंह एनएएन मेरीटाएम ट्रेनिङ एण्ड एजिन्सी प्रालिका सञ्चालक भएको प्रहरीले जनाएको छ ।
उनले विभिन्न ब्यत्तीलाई आकर्षक तलबको प्रलोभनमा पारी बैदेशिक रोजगारीमा पठाईदिन्छु भनेर ४ करोड १७ लाख ९३ हजार २८० रुपैयाँ ठगी गरेको आरोप लागेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले टेकुले जानकारी दिएको छ ।
६६ जना पिडितले आफुहरु सिंहबाट ठगिएको भन्दै प्रहरीमा उजुरी परेपछी उनी फरार भएका थिए ।
पक्राउ परेको सिंहलाई प्रहरीले अनुसन्धान र आवश्यक कारवाहीकोलागि बैदेशिक रोजगार विभाग ताहाचल पठाएको पनि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले टेकुले जानकारी दिएको छ ।



