स्याङजा । वालिङ नगरपालिका–८ स्थित एक मासु पसलमा राखिएको बंगुरको मासुमा अफ्रिकन स्वाइन फिवर देखिएको छ ।
पदमबहादुर सोती (भुपेन्द्र सोती) मगरको मासु पसलमा अफ्रिकन स्वाइन फिवरको आशंका लागेपछि साता दिन अघि (साउन २२) नमूना परीक्षणको लागि पोखरा पठाइएको थियो ।
परीक्षणबाट आरडिटी पोजेटिभ देखिएपछि पसलमा रहेका मासु नष्ट गरिएको हो ।
अफ्रिकन स्वाइन फिबर फैलिएको छ कि छैन भन्ने सुझबुझ गरेर मात्र बंगुर खरिदबिक्री गर्न डा.रुपेश श्रेष्ठले सुझाव दिएका छन् ।
यो रोगको कुनै खोप नभएकाले रोग लाग्नुभन्दा पहिला नै सतर्कता अपनाउनु पर्ने उनले बताए ।



