कावासाेती । पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटववल सडक खण्ड अन्तरगर्त दाउन्ने सडक आज पनि विहानैदेखि अवरुद्ध भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक जनकराज बन्जाराका अनुसार दाउन्नको विश्वकर्मा मन्दिरदेखि केही माथि ६५ मोडबाट सडक अवरुद्ध भएको हो ।
बाटो विग्रिएको र सडक पानीले हिलो र चिप्लो भएको कारण सडक अवरुद्ध भएको उनले जानकारी दिए । गएकाे सोमबारदेखि दाउन्नेको सडकमा पानीका कारण यातायात सञ्चालनमा समस्या आएको छ ।
नवलपुरको दाउन्ने विश्वकर्मा मन्दिरदेखि ६५ मोड भन्ने ठाउँसम्म करिब डेढ किलोमिटर बाटो ठाउँठाउँमा एकतर्फी भएको छ ।
अवरुद्ध सडक खुलाउने प्रयास भई रहे पनि पानी नरोकिएसम्म बाटो खुलाउन सकिने सम्भावना निक्कै कम रहेको प्रहरीले जनाएको छ ।


