गैडाकाेट । नवलपुरको गैडाकोटमा भएको सवारी दुर्घटनामा परी २ जनाको घटना स्थलमा नै ज्यान गएको छ ।
गैडाकोट नगरपालिका-१० सिस्नेपुल स्थित पूर्वपश्चिम राजमार्गमा ट्रकले स्कुटीलाई ठक्कर दिंदा भएको दुर्घटनामा परी २ जनाको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरले पुष्टी गरेकाे हाे ।
गैडाकोटबाट कावासोतीतर्फ आउँदै गरेको ना ५ ख ८४१७ नम्बरको ट्रकले कावासोतीबाट नारायणगढतर्फ जाँदै गरेको लु ५५ प ३१३४ नम्बरको स्कुटीलाई ठक्कर दिएको थियाे ।
दुर्घटनामा परी ट्रक चालक बारा परवानीपुर गाउँपालिका १ निवासी ३५ बर्षीय रिजवान मियाँ र स्कुटर चालक कावासोती-३ निवासी ५२ दल बहादुर सुनार बिकको घटना स्थलमै ज्यान गएको प्रहरी नायव उपरीक्षक मधु नेपालले बताए ।
ट्रक चालक ट्रक भित्रै च्यापिएको अवस्थामा प्रहरीले उद्दार गरेको थियो भने स्कुटी चालकलाई ट्रकले च्यापेको अवस्थामा क्रेनको सहायताले उद्दार गरिएकाे प्रनाउ नेपालले जानकारी दिए ।
मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि चितवनकाे भरतपुर अस्पताल लगिएको छ ।


