एजेन्सी । टर्कीको उत्तरपश्चिमी प्रान्त बाल्केसिरमा आइतबार साँझ ६.१ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पमा परी १ महिलाको ज्यान गएको छ।
टर्कीका गृहमन्त्री अली येर्लिकायाले भूकम्पको केन्द्रबिन्दु सिन्दिरगी सहर रहेको बताए । घटनामा परी ८१ वर्षीया महिलाको भग्नावशेषबाट निकालिएकाे केही समयपछि ज्यान गएको थियाे ।
भूकम्पका कारण १६ वटा भवन भत्किएको र २९ जना घाइते भएको अली येर्लिकायाले बताए ।
गृहमन्त्री येर्लिकायाले राहत र उद्धार कार्य सकिएको र गम्भीर क्षति वा हताहतको कुनै संकेत नदेखिएको बताए ।




















