साँकेतिक तस्बिर
रामेछाप । रामेछापबाट खुर्कोट हुँदै हेटौंडा जाँदै गरेको स्कारपियो जिप दुर्घटना हुँदा १ जनाको ज्यान गएकाे छ भने अर्का १ जना घाइते भएका छन् ।
ज्यान गुउनेमा मन्थली नगरपालिका-११ बस्ने ४१ वर्षीया राधा कार्की चौहान रहेकी छन् । उनको घटनास्थलमानै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएकाे छ ।
दुर्घटनामा राधाका श्रीमान् ४६ वर्षीय उत्तम चौहान घाइते भएका छन् । उनको सामुदायिक अस्पताल रामेछापमा प्राथमिक उपचार गरेर थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।
प्रहरीका अनुसार चौहान दम्पती छोरालाई भेट्न हेटौंडा जाँदै थिए ।
हेटौंडा जान लागेको बिएससी ९४६३ नम्बरको स्कार्पियो आइतबार बिहान मन्थली-६ कुनौरीमा दुर्घटना भएको हो । ज्यान गुमाउने राधा स्वास्थ्यकर्मी भएकाे जानकारी प्राप्त भएकाे छ ।




















