प्रतिकात्मक तस्बिर
दमौली । तनहुँको व्यास नगरपालिका–७ दुलेँपानीस्थित मादी नदीले बगाएर १ जना पुरुष बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा व्यास नगरपालिका–१ अम्रेनी बस्ने ४० वर्षीय हरि परियार रहेकाे जिल्ला प्रहरी कार्यालय दमाैलीले जनाएको हाे ।
बेपत्ता परियार नेपाल दूरसञ्चार प्राधिकरण दमौलीमा कार्यरत कर्मचारी हुन । उनको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए ।
पिकनिक गएका उनीहरु पाैडी खेल्ने क्रममा बेपत्ता भएका थिए । ३ जना मादी नदीमा पौडी खेल्न गएका मध्य परियारलाई पानीले बगाएको थियो ।


