कैलाली । कैलाली जिल्ला कारागारमा गएराति कैदीबन्दीहरूबिच भएको झडपमा ज्यान गुमाउने ब्यत्ती धनगढी उपमहानगरपालिका–४ का भरत चौधरी भएको पुष्टी भएकाे छ ।
हिजाे साँझ एक्कासी बन्दीहरु बिच झडप भएकाे थियाे । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक एव सूचना अधिकारी राजकुमार सिंहका अनुसार झडपमा परी चाैधरीकाे ज्यान गएकाे हाे ।
झडपमा घाइते भएका चौधरीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्याइएको थियो । अस्पतालले उनलाइ मृत घोषणा गरेको हो ।
त्यस्तै साेही घटनामा परी अन्य ४७ जना घाइते भएका छन् । घाईते मध्ये ३ जनाको अवस्था गम्भीर छ । उनीहरु सबैको सेती प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ ।
कैदीबन्दीबीच २ समूहमा मनमुटाब हुँदा गएराति झडप भएको प्रारम्भिक अनुमान प्रहरीले गरेकाे छ । क्षमताभन्दा धेरै कैदीबन्दी रहेको कैलाली कारागारमा यसअघि पनि झडपको घटना हुने गरेको थियो । पछिल्लो घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



