बाजुरा । जिल्लाको त्रिवेणी नगरपालिका–९ बिस्नापानी भन्ने स्थानमा साउन २२ गते राती ८ वजे भिरबाट लडेर ज्यान गुमाएका व्यक्तिको शव निकालिएको छ । शव नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त सुरक्षाफौजले शुक्रवार अबेर सांझ निकालेको हो ।
काठमाडाैंको गोकर्णेश्वर नगरपालिका–५ नारायणटार बस्ने ५२ बर्षिय विप्लव ओझा बडिमालिका मन्दिर दर्शन गरेर नाटेश्वरी धाम झर्ने क्रममा बाटोबाट चिप्लिएर करिव ७०० मिटर तल बिस्नापानी खोल्सामा खसेका थिए ।
घटाना लगत्तै सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बाजुराबाट बडिमालिका त्रिवेणी धाममा मेला सुरक्षार्थ खटिएको टोली र नेपाल प्रहरिको सहितको संयुक्त सुरक्षाफौज उद्दारमा परिचाल भएको सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी नायब उपरिक्षक एवं सह-प्रबक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
थप मद्दतको लागि आश्रित गुल्म बाजुराबाट २३ गते विहान विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज समेत त्यसतर्फ पठाईएको र उनीहरुकाे सहयतामा खोंचबाट शुक्रबार अवेर साँझ शव निकाल्न सफल भएकाे सह-प्रबक्ता थापाले बताए ।


