काठमाडौं । नेपाली कांग्रेसका नेता तथा महासमिति सदस्य गोकुल सापकोटा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।
शुक्रबार रास्वपा केन्द्रीय समितिको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता मनिष झाले सापकोटाको पार्टी प्रवेश गरेको जानकारी दिएका हुन् ।
सापकोटाले पुराना दलहरू देश विकास र सुशासनको मुद्दामा पूर्ण रूपमा असफल भएको भन्दै आफूले नयाँ विकल्प रोजेको बताए ।
पत्रकारको प्रश्नमा उनले कांग्रेस लगायतका दलहरूले घोषणापत्रमा राम्रा कुरा लेखे पनि कार्यान्वयनमा चुकेको र पार्टी सही बाटोमा हिँड्न नसकेको आरोप समेत लगाए ।




















