सिरहा । जिल्लाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस लिएको पुष्टि भएपछि साहविरुद्ध आज विशेष अदालत काठमाडाैंमा आरोपपत्र दायर गरिएकाे हाे ।
कल्याणपुर नगरपालिका-६ मा नाला निर्माण योजनाको कार्य सम्पन्न भई भुक्तानी गर्ने क्रममा मेयर साहले सेवाग्राहीसँग बिचौलियामार्फत घुस माग गरेकाे विज्ञप्तिमा उल्लेख छ ।
अख्तियारले साहसँग घुस रकम बराबरकै बिगो मागदाबी गरेको छ ।



