सप्तरी । सप्तरीकाे महादेवाबाट सशस्त्र प्रहरीले करिब ४०० केजी गाँजा बरामद गरेकाे छ । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पातो र नेपाल प्रहरीको संयुक्त टोलीले आज करीव ३९७ के.जी. गाँजा बरामद गरेको हाे ।
बेवारिसे अवस्थामा रहेको उक्त गाँजा सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका–५ महादेवा पोखैर नहरको झाडीबाट बरामद गरेको सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी नायब उपरिक्षक एवं सह-प्रबक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
स्थािनयले उक्त स्थानमा बेवारिसे अवस्थामा गाँजा रहेकाे विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्र सिंह धामीको कमाण्डको सुरक्षा फौज र नेपाल प्रहरीको संयुक्त टोलीले १७ वटा पोकामा राखेको गाँजा फेला पारेको थियाे ।
बरामद गाँजा आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा बुझाइएको उनले जानकारी दिए छ ।


