धादिङ । गए रातीदेशी परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्गको ठाउँ ठाउँमा खसेको छ । पहिरोका कारण राजमार्ग अवरुद्ध भएको छ ।
गजुरी गाउँपालिका स्थित जहरे खेत भन्ने स्थान नजिकै खसेको पहिरोले गर्दा अहिले राजमार्ग दुबैतर्फ ठप्प भएको हो ।
पहिरो पन्छाई सवारी संञ्चालनका लागी प्रयास भई रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख सुरज श्रोष्ठले जानकारी दिए ।
पहिरो आसपासका क्षेत्रहरुमा सवारीका साधनहरुको जाम धेरै हुन नदिनका लागी प्रहरीले ठाउँ ठाउँमा सवारीका साधनहरुलाइ रोकेर राखेका छन् भने राजमार्ग अवरुद्ध भएका कारण संघीय राजधानीबाट बाहिरिएका सावारी साधनहरु लगाएत राजधानी प्रवेशका लागी आएका रात्री बसहरु सडकमा नै रोकिएका छन् ।
पानी परिरहेको र पहिरो विस्तारै बगेको कारण पहिरो पन्छाउन कठिनाई भएको पनी प्रहरीले जनाईएको छ ।
जहरे खेतको पहिरो पन्छाउन मात्रै करिव ३ घण्टा लाग्ने अनुमान प्रहरीको छ । यससंगै वर्षाका कारण पृथ्वी राजमार्गको ठाउँ ठाउँमा सडक एकातर्फ मात्रै संञ्चालनमा रहेको छ ।




















