गाेरखा । साउन २१ गते सांझ कालिगण्डकिमा आमा छोरा बेपत्ता भएको आशंकामा खोजी कार्य शुरु गरिएको छ ।
स्याङजा जिल्ला गल्याङ्ग नगरपालिका- ५ सेतिवेणी स्थित कालीगण्डकी नदिको किनारमा रहेको प्रतिक्षालयमा महिलाले बोक्ने झोला, चप्पल, मोबाईल र बच्चाको जुत्ता फेला परेकोले उनीहरुकाे खाेजी शुरु गरिएकाे सशस्त्र प्रहरी नायब उपरिक्षक एवं सह-प्रबक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
फेला परेकाे सामाग्रीकाे आधारमा कालीगण्डकी गाउँपालिका- ४ विर्घा बस्ने बर्ष २७ कि श्यामकला पाण्डे र निजको छोरा वर्ष ६ को अर्पित पाण्डेको बुझिन आएको पनि उनले बताए ।
उनिहरु हिजाेदेखी नै सम्पर्कमा समेत नरहेकोले कालिगण्डकी नदीमा बेपत्ता भएको हुन सक्ने आशंकामा बिहीवार बिहानै देखि सशस्त्र प्रहरि बल नेपाल नं. ३० गुल्म स्याङजाबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा सुरक्षाफौज परिचालन गरि खोजी कार्य शुरु गरिएको हो ।
उनीहरुको खोजिका लागि पोखरा बाट समेत गोताखोर टाेली घटना स्थल तर्फ गएकाे सह-प्रबक्ता थापाले जानकारी दिए ।
तस्बिर : सामाजिक सञ्जाल


