प्रतिकात्मक तस्बिर
सप्तरी । सप्तरीको राजगढ गाउँपालिका-२ काे कमलपुरमा गएराति प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर स्थानीय लालु यादवको ज्यान गएको छ ।
गएराति साढे १० बजेतिर प्रहरी टोलीले तस्करलाई धरपकड गर्ने क्रममा गोली चलेको हाे ।
प्रहरीले केही कार्टुन जाँडरक्सी पनि बरामद गरेको छ । सामान लिने भारतीय तस्करले पहिला प्रहरीमाथि गोली चलाएको र जवाफी कारबाहीमा नेपाल प्रहरीले गोली चलाउँदा स्थानीय लालु यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
स्थानीयवासीले प्रहरीले जानाजानी गोली चलाउँदा लालुको ज्यान गएको बताएका छन् । घटनामा १ जना प्रहरी समेत घाइते भएका छन् ।
घाईते भएका प्रहरीको अवस्थाबारे प्रहरीले आधिकारीक विवरण सार्वजनिक गरेको छैन ।




















