काठमाडाैं । भारतको उत्तराखण्डको उत्तरकाशीको हर्षिल क्षेत्रमा परेकाे भारी वर्षापछी आएकाे बाढीमा परी ४ जनाको ज्यान गएकाे छ भने दर्जनाै मानिसहरु बेपत्ता भएका छन् ।
बाढीले घरहरुमा समेत क्षति पुर्याएकाे छ । उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले सामाजिक सञ्जालमार्फत घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
हर्षिलस्थित भारतीय सेनाको शिविरबाट करिब ४ किलोमिटर टाढा रहेको उत्तरकाशीको धराली गाउँमा भिषण वर्षापछि खीर गढ नालीमा ठुलाे बाढी आएको भिडियाे अहिले सामाजिक सञ्जालमा भाइरल भएकाे छ ।
भीषण बाढीपछि गंगोत्री धामसँगको सबै सडक सम्पर्क विच्छेद भएको छ । प्रत्यक्षदर्शीहरुका अनुसार त्यहाँ रहेका होटलदेखि बजारसम्म सबै कुरा नष्ट भएको छ ।
बाढीग्रस्त क्षेत्रमा प्रहरी, एसडीआरएफ, एनडीआरएफ, सेना र अन्य उद्धारका टोलीहरू परिचालन भइसकेका छन् ।
भारतीय सेनाले अहिलेसम्म कम्तीमा ३ दर्जन मानिसकाे उद्धार गरेकाे जनाएकाे छ ।


