पाँचथर । पाँचथरमा ५ दिनदेखी बेपत्ता भएका दाजुबैनी आज बिहान मृत फेला परेका छन् ।
मृत फेला परेका दाजुबैनी याङवरक गाउँपालिका–१ का १० बर्षिय शिशिर राई र ५ बर्षिया नानुमा राई भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक कौशल बुढाथोकीले बताए ।
गएको शुक्रबार घरबाट स्कुल जान भनेर हिडेका उनीहरु सोही दिनदेखी बेपत्ता भएका थिए ।
उनीहरुको खोजी परिवारजन, स्थानिय र प्रहरीले गरिरहेको थियो । दुवै जना शव बिरुवा खोलाको फरक फरक स्थानमा फेला परेको प्रनाउ बुढाथोकीले जानकारी दिए ।
शिशिरको शव केही माथी र नानुमाको शव खोलाको केही तल फेला परेको पाँचथर प्रहरीले जनाएको छ ।
शिशिर पूर्ण आधारभू बिद्यालयमाको कक्षा ४ मा अध्ययरत थिए भने नानुमा कक्षा १ मा अध्ययनरत थिए ।
दुवै जनाको शव पोष्टमार्टमका लागि सदरमुकाम फिदिम ल्याउदै गरेको प्रहरीले जानकारी दिएको छ । घटनाको गहन अनुसन्धान सुरु गरिएको प्रनाउ बुढाथोकीले जानकारी दिए ।





















