काठमाडौं । उच्च अदालत पाटनले मेडिकल व्यवसायी दुर्गा प्रसाईं धरौटीमा छाड्ने आदेश दिएकाे छ । उच्चकाे आदेश लगत्तै प्रसाई धराैटी राखेर कारागारबाट रिहा भएका छन् ।
डिल्लीबजार कारागारबाट रिहा भएका उनलाई सञ्चारकर्मी संग बाेल्नबाट प्रहरीले राेकेका थिए ।
१५ चैतमा भएको राजावादी आन्दोलनसँग जोडिएको मुद्दा र बैंकिङ कसुर दुवैमा उनलाई धरौटीमा छाड्ने आदेश भएको हो ।
अदालतले उनलाई बैंकिङ कसुरमा २५ लाख रुपैयाँ धरौटी मागेको हो भने राजावादी आन्दोलनसँग जोडिएको मुद्दामा ३ लाख धराैटी मागेकाे थियाे ।
राज्यविरुद्धको कसुर, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवमा जिल्ला अदालत, काठमाडौंमा उनीविरूद्ध मुद्दा दर्ता भएको थियो ।


