फाईल तस्बिर
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) लाई पार्टीको छैटौं वरीयतामा राखेको छ ।
पुनलाई उपाध्यक्षमा मनोनीत गरेको माओवादी केन्द्रले उनलाई छैटौं वरीयतासहित आफ्नो वेबसाइटमा नाम सार्वजकि गरेको हो ।
पार्टीमा अध्यक्ष प्रचण्डपछि क्रमशः वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा, पम्फा भुसालपछि पूर्वउपराष्ट्रपति पुनको वरीयता छ ।
केही दिनदेखि चलिरहेको नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकमा उपाध्यक्ष पुन पनि सहभागी भएका थिए । उपाध्यक्ष पुन विद्यादेवी भण्डारी राष्ट्रपति भएका बेला दुवै कार्यकाल उपराष्ट्रपति भएका थियो ।


