प्रतिकात्मक तस्बिर
काठमाडौं । बोलबम हिंडेकी महिलाको सुन्दरीजलमा ज्यान गएको छ ।
ज्यान गुमाउनेमा चितवन घर भइ हाल काठमाडौं कपन बस्दै आएकी ३५ वर्षीया सन्ध्या धामी भएकाे जिल्ला प्रहरी परिसर काठमाडौंले पुष्टी गरेकाे हाे ।
उनको आइतबार राति ज्यान भएको परिसरका प्रहरी उपरिक्षक कुलदीप चन्दले बताए ।
उनका अनुसार उनी शनिबार राति १:३५ बजेतिर गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल सुन्दरीमाई मन्दिरमा बोलबम गएकी थिइन् । सो क्रममा ढुंगामा चिप्लेर उनी खोलामा खसेकी थिइन् ।
खोलामा डुबेको अवस्थामा प्रहरी प्रभाग सुन्दरीजलबाट खटिएको टोलीले नेपाली सेनाको सुन्दरीजल विपद् व्यवस्थापन टोलीले उद्धार गरेको थियो ।
उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेल पठाइएकोमा उपचारका क्रममा १:४८ बजे उनकाे ज्यान गएको प्रहरीले जनाएकाे छ ।


