सप्तरी । प्रहरीले सप्तरीमा हवाई फायर गरेर २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीका विशाल राय र मनोज राय छन् ।
प्रहरीले उनीहरूलाई २ राउन्ड हवाई फायर गरेर पक्राउ गरिएको प्रहरी उपरिक्षक कृष्ण कोइरालाले बताए ।
प्रहरीका अनुसार उनीहरुको साथबाट २०० ग्राम खैरो हेरोइन बरामद भएको छ ।



