हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आज पदबाट राजीनामा दिने भएका छन् ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको साउन १४ गते भएकाे निर्वाचनमा इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि मुख्यमन्त्री पदबाट राजीनामा दिन लागेका हुन् ।
शनिवार कांग्रेस सभापति शेरबहादुर देउवासँग लामा र बानियाँले संयुक्त छलफल गरेका थिए । छलफलपछी लामा राजिनामा दिन तयार भएका थिए ।
मुख्यमन्त्री लामाको प्रस्तावअनुसार आफूले नियुक्त गरेकाे ३ जना मन्त्रीलाई सपथ गराउनु पर्ने र आफुसँगको सहमतिमा सरकार सञ्चालन गर्नुपर्ने सहमती भएपछी मार्ग प्रसस्त गर्न तयार भएका हुन् ।
लामाले गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरूङलाई मन्त्री नियुक्त गरेका थिए । लामाले राजीनामा दिएसँगै बागमतीको नयाँ मुख्यमन्त्री कांग्रेस दलको नेताको रूपमा इन्द्र बानियाँ हुनेछन् ।


