रामेछटाप । सदरमुकाम मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ र सुनापति गाउँपालिकासँग जोड्ने तथा काठमाडाैं जाने वैकल्पिक मार्गका रूपमा रहेको भटौली खोलाको पक्की पुलमा बाढीले क्षति पुर्याएको छ ।
बाढीले पुलकाे जिपमा रहेकाे माटाे कटानका कारण ठूला गाडी चलाउन रोकिएपछि नेपाली सेना र सशस्त्र प्रहरी बाटो खुलाउन लागिपरेका छन् ।
गएकाे शुक्रवार रातिदेखि परेको वर्षाका कारण आएको बाढीले पुलको पकरबासतर्फको किनार कटान गरेपछि ठूला गाडीकाे आवातजावत पूर्ण रूपमा रोकिएको हाे ।
मन्थली नगरपालिका–७ र खाँडादेवी गाउँपालिका–४ पकरबास जोड्ने पक्की पुलको पकरबासपट्टि खोलाले भत्काएपछि सडकको एक भाग खोक्रो बनेको छ । दुई पाङ्ग्रे गाडीबाहेक अन्य गाडी चलाउन बन्द गरिएको छ ।


