काठमाडाैं । आज कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले पनि कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागका धेरै ठाउँमा तथा तराई भागका केही ठाउँमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आजराति कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका धेरै ठाउँमा तथा बाँकी प्रदेशका केही ठाउँमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै कोशी प्रदेशका १-२ ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।


