सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ बस्तीपुरमा रुख ढलेर लाग्दा २ जनाको ज्यान गएको छ । साेही घटनामा परी अन्य ३ जना घाइते भएकाे सिन्धुली प्रहरीले जनाएकाे छ ।
ज्यान गुमाउनेमा ९ वर्षीय सार्की थिङ र १६ वर्षीय शन्ता गोलेको भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले बताए । आज दिउँसो पानी परिरहेको अवस्थामा पहिरोले सालको रुख टहरामा खसेर उक्त घटना भएकाे उनले जानकारी दिए ।
साेही घटनामा १४ वर्षीया सिर्जना माया, १५ वर्षीया सन्ध्या भोलन र ७ वर्षीय सुशील थिङ घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको छ ।


