फाईल तस्बिर
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का अध्यक्षमा लालवीर चौधरी चयन भएका छन् । अध्यक्षमा चयन भए लगत्तै सञ्चारकर्मीहरु संग कुरा गर्दै पूर्व अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीमा लगाएका आरोपहरू फेस गर्न तयार रहेको बताएका छन् ।
हिजो र आज बसेको पार्टीको राष्ट्रिय भेलाले लालवीरलाई अध्यक्ष बनाउने निर्णय गरेको हो ।
अध्यक्ष चाैधरीले कमिटीको सल्लाह र सुझावका आधारमा पार्टीलाई अघि बढाउने समेत सञ्चारकर्मीहरुलाई बताए । रञ्जिताले डेढ वर्षसम्म पनि पार्टी बैठक नबोलाएको भन्दै निकास निकाल्नका लागि यो प्रक्रिया अघि बढाइएको समेत बताए ।
उनले हिजो र आज बसेको भेलामा श्रेष्ठलाई उपस्थित हुन आग्रह गर्दा पनि नभएको जिकिर गरे । श्रेष्ठलाई पोखराको लिचीबारी जग्गा प्रकरणको घुस काण्डमा जोडिएको आरोप लागेको छ ।


