काठमाडाैं । नेपालको ‘होरा ई स्पोर्ट्स’ पब्जी मोबाईलको विश्वकपको फाइनलमा प्रवेश गरेकाे छ । बुधबार साउदी अरबमा सर्भाईबल स्टेजको दोस्रो दिन शानदार खेल प्रर्दशन गर्दै ‘होरा ई स्पोर्ट्स’ विश्वकपको फाइनल राउण्डमा प्रवेश गरेकाे हो ।
नेपालसँगै सेन्ट्रल एशिया र साउथ एशियाबाट पब्जी विश्वकपमा मात्र ३ टिम सहभागी छन । पछिल्लो नतिजासँगै ‘होरा ई स्पोर्ट्स’ले करिब पौने १ करोड रुपैयाँ पक्का गरेको छ ।
नेपालबाट ‘होरा ई स्पोर्ट्स’मा आकाश राई, शीतल राई, सुप्रिम अधिकारी, उगेन छोपेल लामा, प्रवेश गुरुङ र आयुश लामाले प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगिताको फाइनल राउण्डमा मात्र १६ टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले उपाधिसहित ८ करोड रुपैयाँ पाउनेछ ।



