काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आज ३ जनालाई मन्त्री नियुक्त गरेका छन् ।
नव नियुत्त मन्त्रीहरुमा गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङ रहेका हुन् ।
लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । माया श्रेष्ठ र गीता गुरूङको जिम्मेवारी ताेक्न बाँकी रहेकाे छ ।
बागमतीमा कांग्रेसले सम्हालेका ५ मन्त्रालयका मन्त्रीहरुले केही दिन अगाडी राजिनामा दिएका थिए । गोविन्द लम्साल आन्तरिक मामिला तथा कानुन मन्त्री बनिसकेकाले अझै युवा तथा खेलकुद, संस्कृति तथा पर्यटन, खानेपानी, ऊर्जा तथा सिंचाइ र सहकारी तथा गरिवी निवारण मन्त्रालय नेतृत्वविहीन छन् ।
९ साउनमा ४ जना र १३ साउनमा १ जना मन्त्रीले राजीनामा दिएर लामाविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।




















