काठमाडाैं । आज गण्डकी प्रदेशको केही स्थानमा भारी बर्षाकाे सम्भावना रहेकाे छ । ठूलो वर्षाको सम्भावना रहेको गण्डकीमा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
आज दिउँसो पहाडी क्षेत्रका थोरै ठाउँ तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले पनि बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परिरहेको महाशाखाले जनाएको छ । गएराति पनि मधेश प्रदेशबाहेक अरु प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो ।
महाशाखाका अनुसार सुक्खाग्रस्त मधेश प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भए पनि ठूलो वर्षाको सम्भावना छैन ।
अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । ठूलो तथा लगातार वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।


