बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को संसदीय दलको बैठक भैरहवामा हुने भएकाे छ । बुधबार हुने रास्वपाले संसदीय दलको बैठक भैरहवामा बोलाएको हो ।
पार्टीको सचिवालय, केन्द्रीय समिति र संसदीय दलको बैठक फरक फरक प्रदेशमा बस्ने नीति अनुसार नै दलको बैठक बोलाइएको कार्यवाहक सभापति डिपी अर्यालले जानकारी दिए ।
बैठकमा भाग लिन सांसदहरू भैरहवा आउने क्रम जारी रहेको छ । बैठकको समय सबै सांसदहरू आएपछि तय गरिने उनले बताए ।
अर्यालले आगामी निर्वाचनको तयारी सम्बन्धमा पनि ग्राउन्ड जिरो रिपाेर्टीङ हुने जानकारी दिए । यस्तै सहकारी ठगी अभियोगमा भैरहवा कारागारमा रहेका सभापति रवि लामिछानेसँग बिहान भेटेर कुराकानी भएको उनले जानकारी दिए ।




















