हेटाैंडा । बागमती प्रदेशमा नेपाली कांग्रेसको संसदीय दलको नेता बहादुरसिंह लामाले विश्वासको मत गुमाएका छन् ।उनीविरुद्ध परेको अविश्वासको प्रस्तावको पक्षमा बहुमत सांसद उभिए लगत्तै उनले विश्वासकाे मत गुमाएका हुन ।
लामाको पक्षमा १५ सांसद देखिए भने उनको विपक्षमा २२ सांसद देखिएका छन् । कूल ३७ सांसद रहेको कांग्रेसका बहुमत सदस्यले लामालाई संसदीय दलको नेताप्रति विश्वास नरहेको जनाएका हुन् ।
अविश्वासको प्रस्ताव दर्ता गर्ने २१ साँसदमा मंगलबार १ जना थपिएपछी उनकाे विपक्षमा २२ जना देखिएकाे हाे । श्याम खड्काले मंगलबार मन्त्री पदबाट राजीनामा दिएर लामाको विपक्षमा देखिएका हुन् ।
पक्षमा उभिएका १५ सांसद :
बहादुरसिंह लामा तामाङ, कुन्दनराज काफ्ले, उत्तम जोशी, लक्ष्मी श्रेष्ठ, रमेशकुमार महत, हरिप्रभा खड्गी, रामकुमार पहाडी, क्षत्रबहादुर बम्जन, गिता गुरूङ, मसिना खड्का, तिर्थ लामा, रामकृष्ण चित्रकार, माया श्रेष्ठ, गोविन्द लम्साल, समिता खड्गी
लामाको विपक्षमा देखिएका २२ सांसद :
इन्द्रबहादुर बानियाँ, शिवराज अधिकारी, कञ्चनचन्द्र वादे, दिपेन्द्र श्रेष्ठ, पुकार महर्जन, बिनु रायमाझी पौडेल, यमुना देवी श्रेष्ठ, उर्मिला नेपाल केसी, शान्ता ढकाल, प्रभात तामाङ, छिरीङ्ग दोर्जे लामा, मीना पराजुली, याङ्किला शेर्पा, मीन कृष्ण महर्जन, बिमल ठकुरी, मदुकुमार श्रेष्ठ, सुरजचन्द्र लामिछाने, सुरेश श्रेष्ठ, श्रीराम लामिछाने, सुना परियार, श्यामबहादुर खड्का र कृष्णबहादुर तामाङ


