धनुषा । गएराती जनकपुरधाम उपमहानगरपालिका–४ मा धारिलो हतियार प्रहार गरी १ जना बालिकाको हत्या भएको छ । अन्य २ जना घाइते छन् ।
कटैयाचौरी भन्ने स्थान नजिक भएको घटनामा धनुषाको बटेश्वर गाउँपालिका- ५ शान्तिपुरका दिनेश यादवकी १४ वर्षीया छोरी अञ्चली यादवको धारिलाे हतियार प्रहारबाट ज्यान गएकाे हो ।
अञ्चलीकी आमा ३६ वर्षीया आशा यादव र आशाकी भतिजी राधा यादव घाइते छन् । उनीहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ ।
अञ्चली जनकपुरमा डेरा गरी आमासँग बसेर पढदै आएकी थिइन् । गएराति ११ बजेतिर भएको उक्त घटनाको अनुसन्धान भइरहेको र धारिलो हतियार प्रहार गरी फरार भएका व्यक्तिको खोजी भइरहेको धनुषा प्रहरीले जानकारी छ ।


