पोखरा । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट बेपत्ता १६ जना हायू परिवार पाेखरामा फेला परेकाे छ । उनीहरुलाई प्रहरीले आफन्तको जिम्मा लगाएको छ ।
सोमबार राति पोखरा महानगरपालिका–३० स्थित गगनगौंडामा भेटिएका उनीहरुलाई प्रहरीले धनबहादुर र अमिस तामाङको जिम्मा लगाएको हो । वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीलगायतको रोहबरमा उनीहरुलाई जिम्मा लगाइएको कास्की प्रहरीले जनाएको छ ।
हायु परिवारले यही साउन १० गते मध्यराति थातथलो छोडेर बेपत्ता भएका थिए । उनीहरुको परिवारका १६ जना बेपत्ता भएपछी स्थानिय, वडा, पालिका र प्रहरीले विभिन्न जिल्लामा ब्यापक रुपमा खाेजी गरेकाे थियाे ।
लाेपउन्मुख उक्त जाती पोखरा महानगरपालिका-१९ जना फेला परेका हाे । छेत्पामा आफूहरू धेरै बिरामी हुने गरेकोले घर छाडेर हिँडेको र घर नफर्किने बताएपछी उनीहरुलाई आफन्तकाे जिम्मा लगाएकाे प्रहरीले जनाएकाे छ ।



