सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा बसाेबास गर्ने एकै परिवारका १६ जना बेपत्ता भएका छन् । उनी र प्रहरीले खोजी कार्य सुरु गरेका छन् ।
लोपोन्मुख हायु जातिका एकै परिवारका १६ सदस्य बेपत्ता भएपछि अहिले स्थानीय बासिन्दा, गाउँपालिका तथा वडा र प्रहरीले खोजी सुरु गरेका हुन् ।
बेपत्ता उर्मिला हायु परिवारको घर एकान्तमा भएकाले कहिलेदेखी बेपत्ता भएकाे हाे पूर्ण विवरण प्राप्त हुन नसकेकाे सिन्धुली प्रहरीले जनाएकाे छ ।
गोलन्जोर गाउँपालिका अध्यक्ष शंकरराज बरालले पनि ढिलो गरी सूचना प्राप्त भएको यसै भन्न नसकिने बताए । उनले प्रहरी र स्थानियकाे सहयाेग लिएर वडा तथा नगरपालिकाले समेत खाेजी सुरु गरेकाे बताए ।
खबर पाए लगत्तै पुगेकाे गाउँपालिकाकाे टाेली र प्रहरीले हायुकाे घरमा अलपत्र अवस्थामा केही पशुपंक्षी फेला पारेकाे र घरमा सामान्य क्षति समेत देखेकाे पालिका अध्यक्ष बरालले जानकारी दिए ।
प्रहरीका अनुसार हायुका परिवार शुक्रबार वा शनिबारबाटै घर छाडेर सम्पर्कबिहिन भएको जस्तो देखिएकाे अनुमान गरिएकाे छ । घर एकलासमा भएकाले स्थानीयले पनि ढिलो गरी थाहा पाएका थिए ।
उनीहरुकाे परिवारै बेपत्ता भएकाे प्रहरीले आज बिहान मात्र थाहा पाएका थिए ।



