काठमाडाैं । नेपाली आकासमा यही मङ्गलवारसम्म सक्रिय रहेको मनसुन पुन: निष्क्रियजस्तै भएको छ ।
मनसुन कम सक्रिय भएकाले देशका धेरै ठाउँको मौसम सुक्खा भएको छ । आज पनि बिहानैदेखि घाम चर्किएको छ । गएराति केही ठाउँमा हल्का वर्षा भएकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमको पहाडी भेगसहित केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षको सम्भावना छ ।
राति कोशी र मधेश प्रदेशका केही ठाउँमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


