सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ स्थित धुलियाबिट नजिक बोलेरो गाडीको ठक्करबाट १ जनाको ज्यान गएको छ भने अर्का १ जना घाइते भएका छन् ।
गुमीबाट सुर्खेततर्फ आउँदै गरेको क.प्र.०२००१ च.०९४४ नम्बरको बोलेरो गाडीले सडक छेउमा रोकिएको मिनिट्रकबाट घाँस झार्दै गरेका २ स्थानीयलाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख वकिल सुनारले जानकारी दिए ।
दुर्घटनामा परी वीरेन्द्रनगर नगरपालिका-११ धुलियाबिटका अन्दाजी ३४ वर्षीय प्रेम बुढाको ज्यान भएको हाे ।
सोही दुर्घटनामा परी अन्दाजी ३२ वर्षीया तिलकुमारी बुढा घाइते भएकी छन् ।
बोलेरो चालक सुर्खेतको लेकबेशी नगरपालिका-६ का २१ बर्षिय यामलाल सुनार र दुबै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।




















