काठमाडौं । नायव महान्यायाधिवक्ता घिमिरेले पदबाट राजीनामा दिएका छन् । अवकाश हुनुभन्दा ३ दिन अगाडि उनले दिएको राजीनामा दिएकाे र मन्त्रिपरिषद् बैठकबाट स्वीकृत समेत भइसकेको छ ।
गत आइतबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नायव महान्यायाधिवक्ता घिमिरेको राजीनामा स्वीकृत गरेको जानकारी दिए ।
बैठकका निर्णयबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेका गुरुङले भने, ‘नायव महान्यायाधिवक्ता डा. टेकबहादुर घिमिरेले २०८२ साउन २ गतेदेखि लागू हुने गरी पेश गर्नुभएको स्वेच्छिक अवकाश स्वीकृत गरिएकाे छ ।’
केही दिनअघि मान्याधिवक्ता कार्यालयले उनको बिदाइ गरिसकेको थियो । प्रक्रिया अनुसार ५ साउनमा ५ वर्षे पदावधि पूरा भएर अवकाश हुनुपर्नेमा उनले त्यसको तीन दिनअघि राजीनामा दिएका हुन् ।




















