रुकुमपश्चिम । गएराती भेरी नदीमा टिपर खसेकाे छ । चालकसहित ३ जना रहेकाे उक्त टिपरमा सबै जना बेपत्ता भएका छन् ।
रुकुमपश्चिमको आठबीसकोट–१४ पिपलचौरबाट भेरी नदीमा रा १ क १५०१ नम्बरको टिपर गएराति खसेको इलाका प्रहरी कार्यालय रिम्नाका प्रहरी नायब निरीक्षक शिउकुमार चौधरीले जानकारी दिए ।
उनका अनुसार नदीमा बेपत्ता भएकाहरुको खोजीका लागि रुकुमपश्चिम र जाजरकोटको प्रहरी टोली खटिएको छ । उनीहरुको नाम/ठेगाना खुल्न सकेको छैन ।
भेरी नदीमा पानीको बहाव अत्याधिक भएकाले खोजीमा समेत समस्या भइरहेको छ । नदीमा खसेको टिपर भेरी करिडोरको कामका लागि प्रयोग हुँदै आएको थियो ।


