काठमाडाैं । सुदूरपश्चिम प्रदेशसहित देशका केही ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । बिहानपख कैलाली, कञ्चनपुर र सिन्धुपाल्चोकमा ठूलो पानी परे पनि अहिले भने कम भएको छ ।
बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्का पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत देशकको पहाडी भू–भागका केही स्थानहरुमा तथा बाँकी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका १-२ ठाउँमा ठूलो पानी पर्ने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार राति गण्डकी प्रदेशका १-२ ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।




















