मुग्लिन । मुग्लिन–नारायणगढ सडकखण्डस्थित तुईन खोला पुल नजिकै गुडिरहेको भारतिय कारमाथि ढुंगा खस्दा ३ जना घाइते भएका छन् ।
उक्त सडकखण्डमा गुडिरहेको भारतीय कार यूपी ८० जिपी २९२८ काे कारकाे अगाडी भागमा एक्कासी ढुंगा खसेर लागेको ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएकाे हाे ।
कारमा ५ जना सवार भएकाे त्यसमध्ये कारको पछाडि भागमा बसेका ३ जना गम्भीर घाइते भएकाे प्रहरीले जनाएकाे छ । उनीहरूकाे उपचार जारी छ ।
उक्त सडकखण्डमा बिहानदेखि वर्षा भइरहेको थियो । दुर्घटनालगत्तै प्रहरीले घटनास्थलबाट उनीहरुलाई उद्धार गरेकाे थियाे ।
तस्बिर : बिनाेद श्रेष्ठ/मुग्लिन


