काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली बीच आज एमालेको केन्द्रीय कार्यालय च्यासलमा भेटवार्ता भएको छ ।
पूर्वराष्ट्रपति भण्डारीले पार्टीको राजनीतिमा आउने सार्वजनिक घोषणा गरेपछि एमालेको भर्खरैको सचिलालय र पोलिटब्युरो बैठकमा यस विषयमा छलफल भएको बुझिएकाे छ ।
यस सम्बन्धमा पार्टी नेतृत्वसँग औपचारिक रूपमा आज छलफल हुन लागेको हो । अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीले आफ्नो घोषणाअघि पार्टीसँग कुनै छलफल नगरेको बताउँदै आएकाे छ ।
एमालेको हिजाे सम्पन्न पोलिटब्युरो बैठकमा धेरैजसाे सदस्यहरूले गरिमामय पदमा रहिसकेको पूर्वराष्ट्रपति पार्टीको सक्रिय राजनीतिमा आउन नहुने विचार व्यक्त गरेका थिए । एमालेको केन्द्रीय कमिटीको बैठक भाेलिदेखि बस्दैछ ।



