एजेन्सी । भियतनाममा डुंगा पल्टिँदा ३४ जनाको ज्यान गएको छ । साेही दुर्घटनामा परी अन्य ८ जना बेपत्ता छन् ।
लोकप्रिय पर्यटकीय स्थल हालोङ्ग खाडीमा शनिबार दिउँसो खराब मौसमका कारण डुंगा दुर्घटना भएको हो ।
सो डुंगामा धेरैजसो हनोईबाट आएका भियतनामी नागरिक थिए । पर्यटकहरु डुंगा चढेर रमाइरहेका बेला अचानक तुफान आएको थियो । सो तुफानले डुंगा पल्टाइदिएको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् ।
घटनास्थलमा खोज तथा उद्धारको काम जारी छ । उद्धारकर्ताले भारी वर्षाका कारण समस्या परिरहेको बताएका छन् ।
‘विफा’ नाम दिइएको तुफानले जनधनको क्षति भियतनाममा क्षति पुर्याएको छ ।


