काठमाडौं । भारी बर्षापछी पर्वतमा पहिरोले घर पुरिंदा एकै परिवारका २ जना बेपत्ता भएका छन् ।
मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा एकतले घर पुरिंदा दम्पती पुरिएर बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीया विष्णुमती रहेको वडाध्यक्ष देवेन्द्रबहादुर क्षेत्री भएकाे पुष्टी भएकाे छ ।
साेही घरका बुहारी ३२ वर्षीया पवित्रा भने हाम फालेर ज्यान बचाउन सफल बचेकी छन् ।
वर्षासँग आएको बाढी र पहिरोले सडक र खेतीयोग्य जमिनमा क्षति पुर्याएको छ ।
अत्यधिक वर्षा भएको यस क्षेत्रका खोलाहरूमा पनि बाढीको बहावले खतराको तह पार गरेको छ ।


