काठमाडाैं । गएराति देशका केही ठाउँमा सामान्य वर्षा भएको छ । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै डोटीमा ३५.६ मिलिमिटर पानी परेको छ ।
भेलबाढी आउने गरी कतै पनि ठूलो पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा ठूलो पानी पर्ने सम्भावना छ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका थोरै ठाउँहरुमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।


