पाँचथर । हिजाे दिउँसो पाँचथरको फाल्गुनन्द गाउँपालिका–५, पञ्चमी बजार नजिकै निर्माणाधीन सहकारी भवनको सेफ्टी ट्याङ्कीमा काम गर्ने क्रममा १ जना कामदार ज्यान गएकाे छ ।
निर्माणाधिन भवनकाे सेफ्टी ट्याङ्कीभित्र सटिङ खोल्ने क्रममा ४ जना बेहाेस भएका थिए । बेहाेस भएका मध्य ३५ वर्षीय रतन चेम्जोङकाे ज्यान गएकाे पाँचथर प्रहरीले जनाएकाे हाे ।
बेहाेस भएका सबैलाइ इलाम अस्पतालमा उपचारकाे लागी लगिएकाेमा रतनकाे चिकित्सकहरुले मृत घाेषणा गरेकाे थियाे ।
घाईते मध्य २४ वर्षीय भिष्म चेम्जोङ र ४० वर्षीय विरू चेम्जोङको अवस्था गम्भीर अवस्थामा उपचारका भइरहेको छ । अर्का ३० वर्षीय सन्तोष चेम्जोङको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
घटनापछि स्थानीयबासी र प्रहरीको सहयोगमा स्काभेटर प्रयोग गरी ट्याङ्की फोरेर उद्धार गरिएको थियो ।
सबै कामदारहरू फाल्गुनन्द – ५ निवासी हुन् । उनीहरु घुर्बिसे पञ्चमी बचत तथा ऋण सहकारी संस्थाको भवनमा निर्माण कार्यमा संलग्न थिए ।


