काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएकाे छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार बसेको पार्टीको संसदीय दलको बैठकले सरकारको हालसम्मको कार्यसम्पादनको समीक्षा गर्दै समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
जसपा नेपालले वर्तमान सरकारले विभिन्न क्षेत्रमा असफलता प्रदर्शन गरेको भन्दै आफ्नो समर्थनको औचित्य नरहेको ठहर समेत गरेको छ ।




















