काठमाडाैं । बीपी राजमार्गअन्तर्गत काभ्रे–खण्डमा भोलि बिहीवारदेखि १ महिनाकाे लागी रातमा १२ घण्टा गाडी चलाउन रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय धुलिखेलमा बसेको सुरक्षा समिति बैठकले काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म १ महिनाका लागि रातमा गाडी चलाउन रोक लगाउने निर्णय गरेको हो ।
मनसुनको बेला सम्भावित जोखिम न्यूनीकरणका लागि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म १ महिना रातमा गाडी चलाउन नदिने निर्णय भएको काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिए ।
यो अवधिमा काठमाडाैंबाट छुट्ने गाडीलाई काभ्रेभञ्ज्याङ र काठमाडाैं भित्रिने गाडीलाई सिन्धुलीको सिमाना नेपालथोकमा रोकिनेछ ।
याे नियम यात्रुबाहक र निजी गाडीलाई भएकाे तर आकस्मिक र मालबाहक गाडीको हकमा नहुने भएकाे छ ।




